गति अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा झापाको दुधेमा बुधवार दिउँसो एक युवाको ज्यान गएको छ।

पश्चिमबाट तीव्र गतिमा पूर्व जाँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा झापा गौरिगञ्ज गाँउपालिका वडा नम्बर १ का २१ वर्षीय सुजन लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मोटरसाइकलमा सवार अन्य दुईजना सख्त घाइते भएका छन्। झापा कनकाई नगरपालिका बस्ने विनि लिम्वु र ज्योति लिम्वु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना खतरा मुक्त छन्। घाइते दुवैको विर्तामोडको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाँस लिएर राजमार्ग पार गर्दे गरेकी एक महिला लाई जोगाउन खोज्दा मोटर साईकल अनियन्त्रित भएको थियो। अनियन्त्रित मोटर साईकल राजमार्ग किनारको रुखमा ठोक्कीएको थियो।

मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ।