विष्णुप्रसाद पोखरेल

दमक/झापाको क्षेत्र नं. ५ क बाट प्रदेश सभा सदस्यमा बिजय भएका नेकपा एमालेका नेता एवं प्रदेश नं. का प्रचार बिभाग प्रमुख हिक्मत कार्कीले आफ्नै गुरुबाट सपथ लिने अवसर पाउने भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढिलै भएपनि सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको भन्दै अबm प्रदेश सभाले औपचारिकता पाउने उनले बताए । इतिहासमा पहिलो पटक नेपालमा प्रदेश सरकार बन्ने समेत बाटो तय भएको कार्कीको भनाइ छ ।

आफूलाइ अग्रेजी बिषय पढाउने प्राध्यापक नै आफ्नो प्रदेशको प्रदेश प्रमुख भएको र उनिबाट नै सपथ खाने अवसर मिल्न लागेको भन्दै उनले खुसि समेत प्रकट गरेकाछन् ।

कलेज जिबनका प्रीय गुरु आफ्नो पहिलो संसदिय राजनितीको सपथ गराउने पनि उहि गुरु प्रदेश प्रमुख हुदा आफू भाग्यमानी भएको महसुस गरेको कार्कीले बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकाछन् 

नेपाल सरकारले मन्त्रीपरिषद बैठक द्वारा आज प्रदेश प्रमुख को नियुक्तीको निम्ती रास्ट्रपति समक्ष शिफारिस गरेको छ । साथै अस्थायी राजधानी समेत तोकेको छ । ढिलै भए पनि अब प्रदेश सभा ले औपचारिकता पाउने ,सभासदहरुको सपथ हुने र नेपालको ईतिहासमै पहिलो पटक प्रदेश सरकार समेत गठन हुने निश्चित भएको छ । यसै प्रसंगमा मेरो जिबनमा एउटा राम्रो संयोग पनि जुरेको छ । एसएलसी पछि प्रबिणता प्रमाणपत्र तह अध्यन गर्न महेन्द्र बहुमुखी क्याम्पस धरान पुग्दा मलाई अग्रेजी बिषयको अध्यापन गराउनु हुने मेरा आदरणीय प्रीय गुरु प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ्फे सुब्बा १ नं प्रदेश को निम्ती प्रदेश प्रमुखमा नियुक्तिका लागी शिफारिस हुनुभएको छ । मेरो कलेज जिबनका प्रीय गुरु , मेरो पहिलो संसदिय राजनितीको सपथ गराउने पनि उहि गुरु प्रदेश प्रमुख हुनुभएको छ । आदरणीय गोबिन्द सर प्रती हार्दिक बधाई ज्ञापन गर्दै , सफलताको शुभकामना ब्यक्त गर्दछु ।