चर्चित लोक गायिका कोमल वलीले सिङ्गो नेपालको राजधानी हुन उपयुक्त दाङलाई सरकारले बेवास्ता गर्नु कुनै दृष्टिकोणबाट सह्य हुन नसक्ने टिप्पणी गरेकी छिन् ।

बुधबार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी  रुपन्देहीलाई तोकेपछि सामाजिक सञ्जालमार्फत ओलीले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले जल, स्थान र सम्भावनाका हिसाबले दाङ नै प्रदेश ५ को राजधानी हुनुपर्ने तर्क  गर्दै सधैं हेपिएर बस्ने दंगालीको स्वाभाव नभएको बताएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘जल, स्थान र सम्भावनाका हिसाबले दाङ नै प्रदेश ५ को राजधानी हुनुपर्छ’, वलीले भनेकी छिन्, ‘यो जायज मागका लागि हामी एकजुट हौँ, सधैं हेपिएर बस्ने दङ्गालीको स्वाभाव होइन ।’ ओली चुनाव अगाडि राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् ।  लोकान्तर मा खबर रहेको छ