नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्किदैछन् । नेपालका शीर्ष नेताहरु जुनसुकै उद्देश्यले विदेश जाँदा र फर्कदा विमानस्थलमा पत्रकारहरुसँग केही प्रतिक्रिया दिने गरेका छन् ।
जाने बेलामा विदेश जानुको उद्देश्य र फर्कदा उपलब्धिका बारेमा जानकारी दिने प्रचलन छ । तर यसबाहेक पनि महत्वपूर्ण राजनीतिक अभिव्यक्ति प्राथमिकतामा पर्ने गर्दछ ।
ओली उपचारका लागि बैँकक गएपछि नेपालमा केही राजनीतिक घटनाक्रम अगाडि बढिसकेकाले पनि आज ओलीको बोलीले धेरै अर्थ राख्न सक्छ । सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख हिजो मात्रै तोकेकाले आज ओलीले यस विषयमा पक्कै पनि मुख खोल्नेछन् ।
यसअघि वाम गठबन्धनले सरकारलाई अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न दबाब दिए पनि त्यहि काम सरकारले गरेपछि भने किन गरेको भने झैँ गरी असन्तुष्टी व्यक्त गरेका छन् । अर्थात वाम गठबन्धनले दोहोरो चरित्र देखाएका छन् ।
ओलीले पनि पक्कै प्रधानमन्त्री शेरबहादुर देउवाको आलेचना गर्ने अनुमान गर्न सकिन्छ ।
राष्ट्रियसभाको निर्वाचन पनि नजिकिदै छ । निर्वाचन आयोगले चुनावी तयारी गरिरहेको छ भने पार्टी एकता गर्ने भनेर प्रक्रियागत रुपमा अगाडि बढेका एमाले र माओवादीले राष्ट्रियसभा चुनावका लागि भागबण्डाको टुङ्गो लगाएका छन् । रिपोटर्स नेपाल बाट










