काठमाडौं : बिहीबार बिहान झापाको बिर्तामोड नगरपालिका गम्भीर दुर्घटना भएको छ । नगरपालिकाको चारपाने चोकमा पूर्वबाट पश्चिम् जाँदै गरेको यात्रु बाहक बस मे १ ख १६४४ र बिपरित बाट आएको टिफर ना ७ ख ७१९६ ठक्कर हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये दुर्इ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको बिएन्डसी अस्पताल र अन्यको बिर्ता सिटी अस्पतालमा उपचार भइराखेको छ । घटनाको थप विवरण आउन बाँकी नै छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड