बाक्लो हुस्सुका कारण सप्तरीको कञ्चनरुपमा बिहीबार बिहान ट्रक दुर्घटना भएको छ।

गोरु बोकेर पूर्व जाँदै गरेको ट्रक पुलमा ठोक्किएर दुर्घटना हुँदा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् भने ८ वटा गोरु घटनास्थलमै मरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान करिब साढे ५ वजे ना ६ ख १७०५ नम्बरको ट्रक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप–१२ रुपनगर स्थित पुलमा ठोक्किएर पल्टिएको स्थानीवासी उत्तम आचार्यले जानकारी दिए।

दुर्घटनामा चालक रामेछाप लखनपुर–९ निवासी ३५ वर्षीय रत्न लामाको टाउको र सहचालक चितवनका २० वर्षीय सुशिल थपलियाको छातीमा गम्भीर चोट लागेको कञ्चनरुप–१२ धरमपुरस्थित धर्मेश्वर अस्पतालका डाक्टर दिलीप कर्णले बताए। गोरु व्यापारी भारत विहारका मो. नसिमको खुट्टा भाँचिएको छ।

घाइते सबैलाई प्राथमिक उपचारपछि गोल्डेन हस्पिटल विराटनगर रिफर गरिएको छ।