४ माघ, काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) जंगे पिलर सारी करिव ५० विघा नेपाली भुमि मिचिएको पर्सा विरगञ्ज स्थित छकपैया जाने भएको छ।आज क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति प्रकाशित गरि उक्त घटनावारे आपत्ति प्रकट गरेका छन्।
तामाङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ-' पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं.१ को छकपैयामा करिव ५० विघा भन्दा वढि नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। '
'नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्रमा हराएका पिलर निर्माण र जीर्णको मर्मत गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको भूमि एकाएक भारततर्फ पर्ने गरी नयाँ पिलर वनाइको घटनाले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ। ' तामाङले भनेका छन्।
क्रान्तिकारीले हचुवाको आधारमा गरिएको सिमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता वोलाएर कुटनैतिक माध्यमवाट अविलम्ब समस्या समाधान गर्न माग गरेको छ।
सिमा सारिएको उक्त क्षेत्रमा गई स्थलगत रुपमा अध्ययन गरी थप संघर्ष उठान गर्न संगठनका उपाध्यक्ष विजय गौतमको नेतृत्वमा ८ सदस्यीय केन्द्रीय टोली छकपैया जाने निर्णय गरेको छ ।
टोलीका अन्य सदस्यहरुमा उपमहासचिव जिपि मैनाली,सचिव द्वय गजेन्द्र देव र सुर्यनारायण शाह,केन्द्रीय सदस्यहरु शिवम् शाह,इस्ककुमार पासवान,जुवेर आलम,सकिना बस्नेत रहनुभएको छ।
स्थलगत अध्ययन पश्चात् थप संघर्ष घोषणा गरिने क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।त्यसक्रममा सरकार लगायतका सवै सरोकारवाला निकायलाई घच्घच्याउने बस्नेतले जनाए।











