काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा अस्थायी राजधानीमा आफ्नो सहमति नरहेको भन्दै नयाँ सरकारले प्रदेश प्रमुख तथा राजधानी परिर्वतन गर्ने संकेत गरेका छन्।

बैंककमा स्वास्थ्य परीक्षण गरी बिहीबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले तोकेको प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरूको सहमति नरहेको भन्दै नयाँ सरकारले परिर्वतन गर्ने संकेत गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले बुधबार तोकेको प्रमुख र राजधानीको विषयमा उपयुक्त समयमा निर्णय लिने भन्दै उनले भने, ‘सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको छ । तर प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । यस विषयमा अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त समयमा निर्णय गरिन्छ।’