अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका– ६ सखुवामा बिहीबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना १ च ९९५० नम्बरको जिप दुर्घटना हुँदा बाह्रबीसे– ८ मानेश्वराकी १४ बर्षीया गोमा तामाङ, वडा नं ६ की १५ बर्षीया पासाङ तामाङ र वडा नं ९ की १६ बर्षीया समीक्षा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक पंचकुमार बाखुले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेमध्ये गम्भिर अवस्थाका ३ जनाको काभ्रे तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते ७ जना भने स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किएका छन् । अनियन्त्रित भई गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।