हस्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ले आफू काठमाडौँ बस्ने कि हेटौँडा जाने भन्ने बारेमा दोधारमा परेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो दुविधा सार्वजनिक गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजधानीमा राम्रो भविष्यहोला भनेर २५ वर्षअघि काठमाडौँ छिरेका घिमिरे बुधबार सरकारले तीन नम्बर प्रदेशको राजधानी मकवानपुर तोकेपछि दोधारमा परेका हुन्।

‘मकवानपुरमा भन्दा राजधानीमा राम्रो भविष्य होला भनेर काठमाण्डू उपत्यकामा बस्न थालेको २५ वर्ष भयो’, फेसबुकमा उनी लेख्छन्, ‘आज आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा पो भन्छ त! अब म काठमाण्डू बसौं कि हेटौडा जाउँ?

सरकारले मलाई लखेटी लखेटी कलाकार बनायो

घिमिरेले आफू रहरले नभइ बाध्यताले कलाकार बनेको बताएका छन्। आफूले व्यवसाय गर्न चाहे पनि सरकारले व्यवसाय गर्न नदिएर कलाकार बनाएको बताएका छन्।

‘हिजो मैले फुटपाथमा पसल राखें सरकारले लखेट्यो , टेम्पो किनेर जिबिका चलाउन खोजें सरकारले टेम्पो नै हटाईदियो’, उनी भन्छन्, ‘सटरमा पसल खोलें त्यो पनि बाटो बढाउने नाउँमा सखाप पार्यो, मलार्इ सरकारले लखेटी लखेटी कलाकार बनायो।’

पहिले सानातिना रोल गर्दै आएका घिमिरे ‘मेरी बास्सै’को माग्ने बुढाबाट बढी चर्चित बनेका हुने। त्यपछि उनले ‘६ एकाने छ’, ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा लगाएतका चलचित्रमा अभिनय गरे। उनको अभिनयको सवत्र तारिफ हुँदै आएको छ।