प्रदेश सभाकी कान्छी सांसद सिर्जना सैंजुले शुक्रवार प्रमाणपत्र पाइन ।
नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर तीनको समानुपातिकतर्फ सृजनालाई सांसद बनाएको हो ।
२७ वर्षीय सैंजु नेमकिपाको भातृ संगठन क्रान्तिकारी विद्यार्थीमा आवद्ध छिन् ।
प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नम्बर १ मा नेककिपाका प्रेम सुवाल विजयी भएका थिए ।
नेमकिपाले प्रतिनिधिसभा तर्फको थ्रेसहोल्ड कटाउन सकेन ।











