सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराइन्।

'प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४' को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रिपरिषद्को बुधबार बसेको बैठको ७ वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो।

आज सपथ लिएका प्रदेश प्रमुखहरु :  प्रदेश १– गोविन्द सुब्बा प्रदेश २– रत्नेश्वरलाल कायस्थ प्रदेश ३– अनुराधा कोइराला प्रदेश ४– बाबुराम कुँवर प्रदेश ५– उमाकान्त झा प्रदेश ६– दुर्गाकेशर खनाल प्रदेश ७– मोहनराज मल्ल