नेकपा एमालेका नेता एवं भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बस्नेतले शनिबार सल्लाघारी चोकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित तीनवटा पार्टीका अध्यक्षको पुत्ला जलाउने बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको पुत्ला जलाउन लागिएको हो । ३ नम्बर प्रदेशको राजधानी भक्तपुरमा नराखेर हेटौंडा लगिएकाले भोलि तीनैजनाको पुत्ला जल्छ अब ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री देउवा कमल थापाका अगाडि लाचार भएको र नेमकिपाका अध्यक्ष बिजुक्छेले भक्तपुरमा प्रदेशको राजधानी चाहिँदैन भनेकाले उनीहरु तीनै जनाकाृ पुत्ला जलाउन लागेको जानकारी दिए ।