काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई औपचारीक रुपमा बधाई  दिएको छ। बधाई दिदै माओवादी अध्यक्ष प्रचण्डले संघर्षको नयाँ मोर्चामा उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्।

 पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउसो एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई माओवादीले बधाई ज्ञापन गरेको हो। बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा महिला, दलित लगायत विभिन्न वर्ग र समुदायको उपस्थितिले आफुलाई जनयुद्धको कमाण्ड गरेका महिलाहरुको झल्को दिएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हिजो युद्धको बेला थुप्रै महिला कमाण्डरहरु जन्मिए । आज प्रदेश सभाका समानुपातिक सांसदहरुमा तपाईहरु अधिकांश महिलाहरु आउनु भएको छ । यो दृश्य हेर्दा मलाई जनयुद्धका महिला कमाण्डरहरुकै स्मरण भएको छ,’ कार्यक्रमम उनले भने,‘माओवादी र जनयुद्धकै कारण संसदमा महिला, दलित, जनजाति, मधेशी, अपाङ्गहरु पुगेका छन्न् यो हेर्दा मलाई गौरवको महशुस हुन्छ । चाहे तिनीहरु एमालेको कोटाबाट पुगुन्, चाहे कांग्रेस वा अरु दलको कोटाबाट, तिनीहरु माओवादी नै हुन् जस्तो लाग्छ, जनयुद्धले जन्माएका सांसद हुन जस्तो लाग्छ ।’