माघ ५\२०७४
सहबान अन्सारी नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १५ स्थित गंगा मा.बि गंगाबस्तीमा १ दिने शितलहर एवम जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम आज सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा सचेतना कार्यक्रम गरिएको हाे। ग्रिन बाल क्लबकी अध्यक्ष रिता सुनारकाे अध्यक्षतामा तथा गंगा मा.बि.का प्र.अ श्रीकान्त गाैडकाे प्रमुख अातिथ्यताम रहेको थियो! कार्यक्रममा बाेल्दै प्र.अ गाैडले शितलहर वायुजन्य एउटा प्रकाेप हाे ।
बिशेष गरी केटाकेटी,बुढाबुढी,सुत्केरी,गर्भवती,अशक्त, अपाङ्ग ,कमजोरस्वास्थ्य रहेका र विरामी मानिसलाई चिसाेले बढी असर गर्दछ। त्यसकारण यस्ता ब्यक्तिलाई बिशेष ख्याल राख्ने र घर तथा गाेठ र खाेरमा चिसाे नपस्नेगरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक ,सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ,बन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ ,अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउने भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे सचेतना कार्यक्रममा विध्यालयका कक्षा ७,८,९ र १० कक्षा का करिब ६५ जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियो । कार्यक्रममा गंगा मा.बि काे शिक्षक भागिरथि सुवेदी,बिकल्पका पशु प्राबिधिक गगन सिंह राना,बुद्धि सुवेदी लगाएतले बाेल्नुभएकाे थियो ।सचेतना कार्यक्रमकाे प्रशिक्षण बिकल्पका सामाजिक परिचालक उमेश बि.क र स्वास्थ्य परिचालिका कमला फुल्देलले गर्नु भएको थियोे ।










