नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा करिब तीन घन्टासम्म छलफल भएको छ।

छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको दाहालका प्रेस संयोजक  मनहरि तिमिल्सिनाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छलफल असाध्यै सकारात्मक भएको तथा सबै विषयमा खुलेर कुराकानी भएको जानकारीसमेत तिमिल्सिनाले दिए।

भोलि थप गृहकार्य गरेर पर्सि एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णयसमेत दुई शीर्ष नेतृत्वबीच भएको जानकारी तिमिल्सिनाले दिए।