साली नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

 ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

    नगरकोटीले सोमबार धादिङ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी डेरा गरी बस्ने १३ वर्षीया  किशोरीलाई कोठामा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेका थिए। उजुरीपछि उनी पक्राउ परेका हुन्।