नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी डा. आरजु राणालाई राष्ट्रिय सभामा लैजानेगरि गृहकार्य गरेपनि अन्तिममा आएर उनको यो योजना तुहिएको छ ।

हालै बसेको केन्द्रिय कार्यसमिति बैठकमा चुनाव हारेका र समानुपातिक सूचिमा नाम परेकाहरुलाई राष्ट्रिय सभामा नलैजाने निर्णय भएसँगै उनको पत्नीलाई सांसद बनाउने सपना तुहिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खासमा देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइराला लगायतलाई राष्ट्रिय सभामा ल्याउने र सोही मौका छोपेर पत्नी आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।

बरिष्ठ नेता पौडेल र शेखरले त देउवाको घुमाउरो प्रस्तावलाई ठाडै अस्विकार गरिदिएका थिए । काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएसँगै यो कुरा बाहिर आएको हो ।

राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनावपछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रह्यो। पार्टीले चुनावको समिक्षा गरेर एक महिना भित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

समानुपातिकमा अघिल्लो पटक मापदण्ड बनाइएपनि पालना हुन नसकेकोमा आरोप कांग्रेस केन्द्रीय सदस्यहरुले नै सार्वजनिक रुपमा लगाएका छन् । पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने ।