२३ माघअघि सबै प्रदेशसभाको अधिवेशन हुने र ३ फागुनभित्र प्रदेशले मुख्यमन्त्री पाउने छ ।

संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन आयोगले ३ माघमा अन्तिम परिणाम सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ ।

संविधानको धारा १६८ अनुसार प्रदेशसभाको सदस्य निर्वाचन पपिरणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री निर्वाचित हुनुपर्नेछ ।

३ माघमा निर्वाचन परिणाम सार्वजनिक भएकाले बढीमा ३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्नुपर्नेछ ।

२४ माघमा राष्टियसभा निर्वाचन हुने कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मुख्यमन्त्री निर्वाचित हुनेछन् । यसरी हेर्दा प्रतिनिधिसभाबाट केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्नेछन् । -नयाँ पत्रिकाबाट