दमक/प्रदेश नं. १ बाट ४ जना राष्ट्रिय सभा सदस्यका लागि ४० जनाको नाम चर्चा र सिफारीसमा रहेको छ । झापाको साविक महारानीझोडाका स्थायी बासिन्दा रहेका पूर्व मन्त्री एवं पुराना बामपन्थी नेता युवराज कार्की, अग्नी खरेल, देबेन्द्र दाहाल, दीपक कार्की, रबिन कोइराला, सुमित्रा भण्डारी, तारा ढकाल लगायतको नाम चर्चामा रहेको छ ।
एमाले १ नम्बर प्रदेशले जगन्नाथ खतिवडा, परशुमेघी गुरुङ, गुरु बराल, शिव गुरुङ, हरिशरण सिवाकोटी, किशोर अधिकारी, ओम कोइराला, लोककृष्ण भट्टराई, दाताराम खनाल, खगेन्द्र चुँडाल, मफुद अन्सारी, तैयव हुसेन, पिके राई, गोपाल गुरागाईं, किशोरचन्द्र दुलाल, डम्बरसिंह सम्बाहम्फे, डा.देउमान सम्बाहम्फे, विशेश्वरा दाहाल, इन्दु गौतम, जयन्ती राई, नयनकला ओझा, मालती सुब्बा, खेम नेपाली, बुद्धिमान परियार, डिबी साह शंकर, ओमदयाल विक, टुन्जा बराइली, विष्णुमाया विक, द्रोण रेग्मी, डिपी राई, सोनामछिरिङ शेर्पा, पासाङ शेर्पा, कृपाशुर शेर्पा, दुर्गा लिंखा आदिको नाम सिफारिस गरेको छ ।










