सहबान अन्सारी नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ महेन्द्र मा.बी. सरावलमा १ दिने नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिम आजल सम्पन्न भएको छ। भाेजपुरी सन्चार मन्च नवलपरासीकाे अायाेजनामा नेतृत्व बिकास एवं क्षमता अभिबृद्धि तालिम गरिएको हाे। मन्चका अध्यक्ष उमेश बि.क काे अध्यक्षतामा तथा समाजसेवी एवं सिदार्थ मा.बि गाेबरहियाकाे प्र.अ सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यता रहेको थियो , कार्यक्रममा बाेल्दै चाैधरीले तालिम सिकाईकाे त्यो विधि हाे जसका माध्यमबाट ज्ञान,तत्परता र सीप हासिल हुन्छ । जसले गर्दा क्षमता अभिबृद्धि र ब्यवहारमा परिवर्तन ल्याउछ। नेता भनेकाे अगुवा हाे,अगुवा भनेकाे समाजको पथप्रदर्शक पनि हाे।त्यसकारण समाजको अगुवा भनेकाे समग्र समाजको नेता हाे जसको कुशल नेतृत्वकाे अहम भुमिका खेलेको हुन्छ । कुनै पनि ब्यक्तिलाई समाजको अगुवाइ गर्न सक्ने क्षमताको बिकास गराउनु नै नेतृत्व बिकास हाे। तालिमले ज्ञान, सिप र व्यवहार परिवर्तन गर्दैछ तसर्थ अाफुले जानेको सिकेको कुरा साथिहरुमा जानकारी गराउने र ब्यवहार परिवर्तन गर्ने भन्ने कुरामा जाेड दिनु भएको थियोे ।
ऊक्त तालिममा रामग्राम नगरपालिका ,पाल्हि नन्दन गाउपालिका र सरावल गाउँपालिकाका करिब ३५ जना बालबालिकाहरुकाे सहभागीता रहेको थियो । कार्यक्रममा जिल्ला बाल सन्जाल सदस्य दुर्गा बि.क,सरावल वडा नं.३ बाल सन्जाल अध्यक्ष अारीफ अलि खाँ, काेपिला बाल क्लब अध्यक्ष राजु सिंह , सगरमाथा बाल क्लब जितपुर सचिव सुशील नापित, बाइसि देबि बाल क्लब रजरगन्जका पुर्ब काेषाध्यक्ष सम्भु गुप्ता ,काेपिला बाल क्लब पुर्ब अध्यक्ष सुनिल बि.क लगाएतले बाेल्नुभएकाे थियो । तालिमकाे प्रशिक्षण सन्दिप बि.क ले गर्नु भएको थियोे ।










