पोखरा– प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथमा २ जना सांसद उपस्थित भएनन्।

तनहुँको क्षेत्र नम्बर १ ‘क’ का एमाले सांसद रामबादुर गुरुङ सपथमा गएनन्। उनी बिदेशमा भएकाले सपथमा सहभागी नभएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै स्वतन्त्र रुपमा उठेर बिजयी भएका गुन्डा नाइके राजीव गुरुङ(दीपक गुरुङ) पनि सपथमा सहभागी भएनन्। ज्यान मार्ने उद्योग मुद्दामा अदालतले ५ वर्ष कैद सजाय सुनाएपछि उनी फरार भएका छन्। पक्राउ गर्ने डरले मनाङे  सपथमा उपस्थित भएनन्।