काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ।
प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाका अनुसार बैठकले यी निर्णयहरु गरेका छ।
१– प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन। २ साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन। ३.दुई पार्टीका अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा र्पुयाएर वैचारिक र सांगठानिक कार्यदल बनाउने।










