जंगली हात्तीको आक्रमणबाट आइतबार फेरि एक जनाको ज्यान गएको छ । चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।
खेतमा पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई हात्तीले आक्रमण गरेपछि उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस ठाउँका बासिन्दा वर्षौदेखि जंगली हात्ती पीडित हुँदै आएका छन् । हात्तीले बासिन्दाका घर भत्काउनुको साथै बाली नोक्शान गर्दै आएको छ ।










