अार.टि.अाइले देशकाे समसमयिक विषयमा आधारित रहेर चलचित्र निर्माण गर्ने भएको छ,चलचित्रकाे नाम “ खुल्ला अाकाश ” जुराइएकाे छ। माघकाे दाेश्राे हप्ता बाट छायांकनमा जाने निर्माण टाेलिकाे दाबी छ।“ खुल्ला अाकाश ”काे निर्देशनकाे जिम्वेबारी संस्थाले ज्ञानेन्द्र काेईरालालाई दिने भएकाे छ । अार.टि.अाइ.एड इन्टरनेस्नल नेपाल राष्ट्रिय सुचना अायाेग नेपालकाे सुनाकाे हक सम्वन्धि काम गर्ने संस्था हाे ।जसले देशमा हुनेगरेका भ्रष्टचार बिराेधी एवं सुशान,सामाजिक न्याय र सांस्कृतिक रुपान्तरणका लागि एक अभियान नाराका साथमा सुचनाको हकसम्बन्धी मुलुकमा विभिन्न गतिविधी गरिरहेको छ। अार.टि.अाइ.एड इन्टरनेस्नल नेपालका स्थायी समिती सदस्य तथा चलचित्र विभाग प्रमुख ज्ञानेन्द्र काेईराला पछिल्लाे समयमा सुचनाकाे हक तथा राष्ट्रकाे एकृत बिकास,सुशान,दिगाे शान्ति समाजिक अभियानका साथै कलाकारीता क्षेत्रमा निकै सकृय छन् । उक्त संस्थाले निर्माण गर्न लागेकाे चलचित्रमा देशमा भै रहेकाे ब्याप्त असहमती असमझदारीले मुलुकमा ल्याएकाे समस्यामाथी केन्द्रीत भइ पारिवारीक कथालाइ राष्ट्रिय सांकेतिक रूपमा प्रस्तुत गरिएकाे लेखक जीवन थापा बताउछन । “ खुल्ला अाकाश ”मा निर्देशक तथा केही कलाकार र प्राविधिकहरूकाे छनाैट भएता पनि अन्य प्राविधिक तथा कलाकार छनाैटमा भने निर्माण टाेलि धमाधम लागि रहेकाे छ ।यसकाे टुङाे लाग्ना साथ छायांकन सुरूहुने छ।पुर्वकाे ग्रामिण एवं रमणिय स्थल भाेजपुरकाे अरूण गाउपालिका अासपासमा छायांकन गरिने छ । केहि छनाैट गरिएका कलाकारहरूमा शुसिल पाेख्रेल,अाइ.पी.अाचार्य,सबिना तामाङ,पुर्ण भूजेल र केशब निराैला लगायत छन ।