कञ्चनपुर – कञ्चनपुरको वेदकोटमा यौनधन्दा चलाउने होटल सञ्चालक र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध धन्दाको सूचनापछि आइतबार ईलाका प्रहरी कार्यालय झलारीले वेदकोट ३ दैजी बजारको सम्झना होटेल एण्ड रेष्टुरेन्टमा छापा मारी सञ्चालक विजय रोकाया र दैलेख घर बताउने महिलालाई नियन्त्रणमा लिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुबै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको ईप्रका झलारीका प्रमुख इन्सपेक्टर हिक्मत थापाले जानकारी दिए। ‘युवतीलाई यौन धन्दाका लागि राखिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ,’ उनले भने– ‘दुबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउछौं।’

प्रहरीले यसअघि झलारीस्थित होटल भ्यू टपमा अनैतिक कार्यमा संलग्न रहेको भन्दै विहीबार राति २ जोडीलाई नियन्त्रणमा लिएको थियो। कैलाली घर बताउने सुमित मल्ल र कञ्चनपुर घर भएका योगेन्द्र चौधरी र दुई युवतीविरुद्ध सार्वजनिक मुद्दामा कारवाही अघि बढाइएको छ।

प्रहरीका अनुसार झलारीका होटेलहरुमा लुकिछिपी यौन गतिविधी हुने गरेको छ।