दमक/झापाको दमकमा जारी रहेको दमक महोत्सवमा आज सोमबार बेलुका ज्योती मगर आउने भएपछि प्रहरीले महोत्सव स्थलमा कडा सुरक्षा बनाउने तयारी गरेको छ । हुल्दगा नहोस भनेर प्रहरीले शतर्कता अपनाउन लागेको बताइन्छ ।

प्रहरी श्रोतका अनुसार मगरप्रति युवा क्रेज रहेका कारण धेरै भिड बढ्न सक्ने भएकाले प्रहरीले कडा सुरक्षा बनाउन लागेको प्रहरीको भनाइ रहेको छ । आयोजकले पनि आज भिड बढ्ने अनुमान गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालका अनुसार मगर आउने निश्चित भएको छ । महोत्सवमा मगरलाइ ल्याउनका लागि दर्शकको पनि अधिक माग रहेको उनले बताए ।