काठमाडौं, ८ माघ– नेकपा एमालेको स्थायी कमिटि बैठक बस्ने भएको छ ।

माओवादीसँगको पार्टी एकता, प्रदेशका मुख्यमन्त्री, सभामुख लगायतको चयनका विषयमा बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालकोट स्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा अपराह्न तीन बजे बैठक बस्न लागेको कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।