प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई राष्ट्रियसभाको सांसद बनाउन कांग्रेस प्रदेश सभाका महिला सांसदले तीब्र दवाव दिएका छन् । कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा पराजित राणालाई राष्ट्रियसभामा सांसद बनाउन कांग्रेस प्रदेशसभाका सांसदहरुले दवाव दिएका हुन् ।

उनीहरुले सोमबार विज्ञप्ति प्रकाशित गरी राणालाई राष्ट्रियसभाको सांसद बनाउन कांग्रेस संसदीय बोर्ड र केन्द्रीय समितिसमक्ष माग गरिएको सांसद दिब्यश्वरी शाहले वताइन् । महिलाको आवाज केन्द्रसम्मै पुर्याउन डा. आरजु राणा देउवालाई राष्ट्रियसभामा सांसद बनाउनै पर्ने उनीहरुको माग छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिनिधिसभा चुनावमा पराजित भएपछि डा राणाले कांग्रेस प्रदेशसभाका महिला सांसद मार्फत दवाव सिर्जना गर्न आफैं पहल गरेकी थिइन् । आरजुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद दिश्वश्वरी शाह, उमादेवी वादी, नन्दा बम र अम्बिकाकुमारी थापाले मागपत्रमा हस्ताक्षर गरेका छन् ।