माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको हो।
माओवादी केन्द्रका अनुसार, मंगलबार बस्ने पार्टी अध्यक्ष पुष्पकमल दाहालका साथै रामबहादुर थापा र नारायणकाजी श्रेष्ठसहितको शीर्ष नेताको बैठकले उम्मेदवारहरुको टुंगो लगाउनेछ।
राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको थियो।
बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको विषयमा छलफल भएको थियो।










