ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको एमालेको ठहर छ । बढुवाको लागि कार्य सम्पादन मुल्यांकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीले १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।

 प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए । उज्यालो अनलाइन बाट