नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा माघ २८ र २९ गते हुने भएको छ।
देश नयाँ राजनीतिक चरणमा प्रवेश गरेको अवस्थामा समसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठनको चुस्तता र भावी रणनीतिबारे बृहत् छलफल गरी ठोस निर्णय लिन बैठक बस्न लागेको दलका महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए।
शाहीले सोमबार विज्ञप्ति जारी गरी उक्त राष्ट्रिय भेला एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन सबै जिल्ला अध्यक्षलाई आग्रह गरेका छन्।
दलको महाधिवेशन भएको १६ महिनासम्म पनि केन्द्रीय समितिको विस्तार नभएका बारेमा समेत छलफल गर्न लागिएको शाहीले बताए। (रासस)










