निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ परेका छन्।
मुख्य सुटर श्याम लामा गुम्बेलाई आज बिहान चितवनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले पक्राउ गरेको सिआइबीका एसएसपी घनश्याम अर्यालले नेपालखबरलार्इ जानकारी दिएका हुन्।
'लामा पूर्व सैनिक भएको हामीले जानकारी पाएका छौं' एसएसपी अर्यालले भने। डाँफे कन्सट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए। नेपाल खबर बाट साभार










