नेपाल प्रहरीको केन्द्रिय अनुसन्धन व्यूरो (सिआइबी) को विशेष टोलीले केही दिनअघि एउटा सूचना पायो। त्याे सूचना प्रहरी फरार सूचीमा रहेका श्याम गुम्बेसँग सम्बन्धित थियाे। सो सूचना पछ्याउँदै सिआइबीको टोली चितवन पुग्याे

असाेज २३ मा नेपाल निर्माण व्यवसायी महासंघका अध्यष शरदकुमार गाैचनकाे हत्यामा गुम्बेकाे संलग्न रहेकाे खुलेपछि प्रहरीले उनलाइ खाेजिरहेकाे थियाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनी चितवनमा लुकेर बसेको सूचनाको आधारमा सिआइबीको टोली चितवन पुगेको सिआइबीका एसएसपी घनश्याम अर्याल बताउँछन्। सिआइबीको अनुसन्धानले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा केही फरार अभियुक्त पनि संलग्न भएको ठहर गर्दै आएको थियो। जो नेपालका सुटरको रुपमा परिचित पनि थिए। गौचनमाथीको गोली प्रहार र रुपन्देहीका केही गोलीकाण्डका केही संकेतहरु मिल्न गएपछि प्रहरीले यी दुवै घटनालाइ एकै साथ हेरिरहेकाे थियाे।

मिल्दा जुल्दा गोलीकाण्ड कारण प्रहरी रेकर्डमा एउटै नाम घुमिरहेको थियो त्यो नाम थियो-श्याम गुम्वे।

सेनाबाट भागेर अपराधिका काममा लागेका अभियुक्त गुम्वेलाई प्रहरीले गौचनहत्याकण्ड भन्दा पहिलेदेखि नै खोजी गरिरहेको थियो। उनको नाम २०७३ पुष ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याकण्ड र अन्य विभिन्न घटनामा जोडिएको एसएसपी अर्यालको ठहर छ।

इलामको काजीध्वज गणबाट भागेका गुम्वेलार्इ नवलपरासीका विभिन्न घटनाले उनी प्रहरीको रेकर्डमा परिचित भएका थिए। असाेज २३ मा निर्माण व्यवसायी शरदकुमार गौचन गोली हानेर हत्या गरेपछि घटनाको अनुसन्धानले गोली हान्ने प्रकृति नवरपरासीका घटनासँग मिलेका कारण मुख्य सुटर गुम्वे रहेको प्रहरीले अनुमान लगाएको थियो।

यही क्रममा सिआइबीको टोली गुम्वेको खोजीमा थियो। सिअाइबी टाेली भरतपुर महानगरपालिका -१३, चम्पानगर पुग्दा गुम्बे अाफ्नाे भाडाकाे डेरामै थिए। सिअाइबी टाेलीले उनलाइ त्यहीँ पक्राउ गरेकाे एसएसपी अर्याल बताउँछन्।

गुम्बे पक्राउ गर्नुअघि केही दिनअघि मात्र व्युरोको टोलीले मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो। यी दुई पनि प्रहरीका लागि गुम्वे खोज्ने आधार बने।

३२ वर्षीय गुम्वेलाई व्युरोले मंगलवार नै राजधानी ल्याएर महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ। गौचन र तिवारी बाहेकका अन्य घटनामा पनि गम्वेको प्रत्यक्ष संङ्लग्नला हुनसक्ने सिआइबीकाे भनाइ छ।

गौचन र तिवारीसँगै २०७३ पुस ४ गते जिल्ला रुपेन्देही, देवदह खैरहनीमा दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा निज प्रत्यक्ष रुपमा संलग्न भएको सिआइबी दाबी छ। काठमाडाैंमा गाैचनकाे हत्या प्रकृति पनि साेही घटनासँग मिल्दाे छ। मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतले लिखित बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए। डाँफे कन्सट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

थरिथरि सुटरसँग एउटै पेस्तोल

केहिदिन अगाडि रुपन्देही देबदहका व्यवसायी बसन्त पौडेलको गोली प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेपछि प्रहरीलार्इ थाहा भयो दुर्गा तिवारी र व्यवसायी वसन्त पौडेलको हत्या गर्ने पेस्तोल एउटै थियो।

सिआइबी, संघिय, जिल्ला र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नवलपरासी सुनवल नगरपालिका-७ अस्नैया बस्ने बर्ष ३६ को पदम चौधरी र सुनसरी डुमराहा ५ बस्ने बर्ष ३६ को महेन्द्र भन्ने महिनाराण चौधरीलाई प्रहरीले तीन थाल पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरेको थियो।

पक्राउ पर्ने दुर्इजना सुटरले आफुहरुले नै व्यवसायी पौडेलमाथि गोली चलाएको प्रहरी समक्ष बयान दिएका छन्। तिवारीमाथि आफुहरुले गोली नचलाएको बताएका छन्। तिवारीमाथि गोली चलाउने गुम्वे नै भएको प्रहरीले दावी गरिरहँदा एउटै पेस्तोल थरिथरि घटनामा सुटरले प्रयोग गर्ने गरेको खुलेकाे छ। यसबाट नेपालमा गम्भीर अपराधी जालो धेरै ठूलाे नभएको पुष्टि हुन्छ। नेपाल खबर बाट