एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरुले वीरगंजको छपकैयामा भारतले ५० विगाहा भन्दा बढि जमिन मिचेको दावी गरेका छन् ।

दुई दलमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वीरगंजको छपकैयामा भारतले ५० विगाहाभन्दा बढि जमिन मिचेको उल्लेख गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सीमा विवादको समाचार सार्वजनिक भएपछि स्थलगत अध्ययनका लागि अनेस्ववियूका अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगंज गएको थियो ।

तथ्यहरुले भारतले वीरगंजको छपकैयामा जमिन मिचेको पुष्टि भएको अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष तामाङले दावी गरे । यता सरकारले भने वीरगंजमा भारतले नेपालको जमिन नमिचेको दावी गर्दै आएको छ ।