काठमाडौं, १० माघ– राष्ट्रियसभा निर्वाचनमा प्रदेश १, २, ५ र ७ बाट १२ जना महिला राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएका छन् । प्रदेश ५ बाट कोमल वली सहित एमालेबाट ५, कांग्रेसबाट ४, माओवादीबाट २ र फोरमबाट १ गरी १२ जना निर्विरोध निर्वाचित भएका हुन् ।

दावी विरोधका लागि तोकिएको मिति माघ १५ गतेपछि उनीहरुलाई औपचारिक रुपमा विजयी घोषणा गरिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश १

एमाले – नैनकला ओझा

माओवादी – विना पोखरेल

कांग्रेस – सरिता प्रसाईं

प्रदेश २

माओवादी – शशीकला दाहाल

कांग्रेस – मुक्ताकुमारी यादव

फोरम – प्रमिला कुमारी

प्रदेश ५

एमाले – कोमल वली

मीना बुढा

कांग्रेस – अनिता देवकोटा

प्रदेश–७

कांग्रेस – तारादेवी जोशी

एमाले – कमला ओली

इन्दु कडरिया

000

राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट महिला सिटमा एमाले उम्मेदवार कोमल वलीसहित ३ जना निर्विरोध निर्वाचित भएका छन् । दावी विरोधको समय सकिएपछि आयोगले उनीहरुलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको घोषणा गर्नेछ ।

बुधबार उम्मेदवारी दर्ताको दिन प्रदेश ५ बाट निर्वाचित हुने महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । माघ १५ गते दावी विरोधको समय सकिएपछि उनीहरु निर्वाचित भएको घोषणा हुनेछ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् । अन्य ५ सिटमा भने माघ २४ गते मतदान हुनेछ ।