काठमाडौं– सरकारले ६५ वर्षको उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो।
यसअघि ७० वर्ष पुगेकालाई मात्र बृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो।










