राष्ट्रियसभा निर्वाचनका लागि बुधवार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदार मनोनयन दर्ता भएको छ।
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
सातवटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवार यसप्रकार छन्:
प्रदेश १
प्रदेश नम्बर एकमा राष्ट्रिय सभासदस्यका लागि कुल १२ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको विराटनगरस्थित प्रदेश नम्बर एकको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार खुल्लातर्फ ४ जनाको उम्मेदवारी परेको हो।
खड्गबहादुर बस्नेत(एमाले)
परशुराम मेघी गुरुङ(एमाले
हरिचरण शिवाकोटी(एमाले)
नैनकला ओझा(एमाले)
अगमप्रसाद बान्तवा(एमाले)
रमेशजङ्ग रायमाझी(कांग्रेस)
विनकुमार विश्वकर्मा(कांग्रेस)
सरिता प्रसाई(कांग्रेस)
महेश जाजु(कांग्रेस)
बीना पोखरेल(माओवादी केन्द्र)
खेमराज नेपाली(माओवादी केन्द्र)
अनुपमा देवी साह(राप्रपा)
प्रदेश २
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर २ मा ९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
बिहान १० बजेदेखि मनोनयन दर्ताको लागि समय तोकिएपनि उम्मेदवारहरुले दिउँसो १ बजे पछाडी मात्रै मनोनयन दर्ता गराउन पुगेका थिए।
वृषेशचन्द्र लाल(राजपा)
रमेश प्रसाद यादव (राजपा)
रामप्रित पासवान (संघीय समाजवादी फोरम)
मोहम्मद अख्तर हुसैन(संघीय समाजवादी फोरम)
प्रमिला यादवले (संघीय समाजवादी फोरम)
मुक्ता यादव (कांग्रेस)
जितेन्द्र नारायण देव(कांग्रेस)
शशिकला दाहाल (माओवादी केन्द्र)
सुमनराज प्याकुरेल (माओवादी केन्द्र)
प्रदेश ३
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ललितपुरको निवार्चन अधिकृत कार्यालयमा वाम गठबन्धनको तर्फबाट एमालेका ६, माओवादी केन्द्रका २, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका ४/४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जनाले उम्मेदवारी दर्ता गराएका हुन।
राधेश्याम अधिकारी (कांग्रेस)
धन खतिवडा (कांग्रेस)
मदन कृष्ण श्रेष्ठ र हरिशरण नेपाली (कांग्रेस)
हिमालय शमशेर मुल (नेपाल मजदुर किसान पार्टी)
गीता काफ्ले (नेपाल मजदुर किसान पार्टी)
श्याम विजुच्छे (नेपाल मजदुर किसान पार्टी)
कृष्ण बहादुर तामाङ (नेपाल मजदुर किसान पार्टी)
रामबहादुर थापा बादल ( माओवादी केन्द्र)
गंगा पराजुली ( माओवादी केन्द्र)
पार्वती रावल (महिला),चितवन (एमाले)
उदया शर्मा( महिला),काठमाडौं (एमाले)
सिंहबहादुर विक (दलित) , सिन्धुपाल्चोक (एमाले)
बलराम बाँस्कोटा( खुल्ला, काठमाडौं) (एमाले)
बेदुराम भुसाल (खुल्ला, काठमाडौं) (एमाले)
रामचन्द्र राई दनुवार (अल्पसंख्यक, मकवानपुर) (एमाले)
प्रदेश ४
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयनका लागि प्रदेश नं ४ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
दिपा गुरुङ(एमाले)
शान्तिकुमारी अधिकारी जिसी(एमाले)
रामबहादुर थापा(एमाले)
गणेशप्रसाद तिमिल्सिना(एमाले)
वृन्दा देवी आले राना(कांग्रेस)
जीतबहादुर नेपाली(कांग्रेस)
प्रकाश पन्थ(कांग्रेस)
सुरेन्द्रराज पाण्डे(कांग्रेस)
मिना पुन(राष्ट्रिय जनमोर्चा)
कृष्णप्रसाद शर्मा अधिकारी(राष्ट्रिय जनमोर्चा)
खिमकुमारी विक(माओवादी केन्द्र)
दिनानाथ शर्मा(माओवादी केन्द्र)
प्रदेश ५
प्रदेश नं. ५ मा राष्ट्रिय सभा निर्वाचनमा चार राजनैतिक दलका ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जसमा खुल्लातर्फ ४, महिलामा ३, दलितमा २ र अपाङ्ग/अल्पसंख्यकमा २ जना गरी जम्मा ११ जनाको उम्मेदवारीले दर्ता गराएका हुन्।
प्रदेश नम्बर पाँचमा एमालेका तर्फबाट राष्ट्रियसभाका उम्मेदवार बनेकी बनेकी लोक गायिका कोमल ओलीसहित तीन जना महिला निर्विरोध निर्वाचित भएका छन्।
खिमलाल भट्टराई (एमाले)
रामलखन हरिजन (एमाले)
मिना वुढा (एमाले)
कोमल वली (एमाले)
अनिता देवकोटा (कांग्रेस)
लुटबहादुर खत्री(कांग्रेस)
मैकलाल वाल्मीकी(कांग्रेस)
दुर्गा प्रसाद उपाध्याय (कांग्रेस)
चन्द्रबहादुर खड्का (माओवादी केन्द्र)
रश्मीराज नेपाली (राष्ट्रिय जनमोर्चा)
प्रदेश ६
राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता प्रदेश ६ मा उल्लासपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार ६ नम्बर प्रदेशमा दलहरुले उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रियसभामा आठ जनाको प्रतिनिधित्व हुने यस प्रदेशमा १२ जनाले उम्मेदवारी दिएको ६ नम्बर प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
नन्दा चपाई(एमाले)
ठगेन्द्र पुरी(एमाले)
भैरवसुन्दर श्रेष्ठ(एमाले)
नरपति लुहार(एमाले)
कविता बोगटी(एमाले)
कालिबहादुर मल्ल(माओवादी केन्द्र)
जीवन बुढा(माओवादी केन्द्र)
यूटोन तामाङ्ग(माओवादी केन्द्र)
गोपालप्रसाद शर्मा(कांग्रेस)
मृतलाल सार्की(कांग्रेस)
सुर्यदेवी मल्ल(कांग्रेस)
विष्णुबहादुर शाही(कांग्रेस)
प्रदेश ७
प्रदेश नम्बर ७ बाट राष्ट्रियसभाका लागि नेकपा एमाले र नेपाली काग्रेंसवाट ४-४ जना र माओवादी केन्द्रवाट २ जनाको उम्मेदवारी दिएका छन्।
एमालेका शेरबहादुर कुवर, कमला ओली र इन्दु कडरिया, माओवादी केन्द्रका हरिराम चौधरी र नेपाली कांग्रेसका बद्रीप्रसाद पान्डे तथा तारादेबी भट्ट रास्ट्रिय सभा सदस्यका लागि निर्बिरोध चयन भएका हुन्।
मनोनयन दर्ता भएकाहरुको वारेमा उजुरी गर्ने समय रहेकोले १५ गते मात्रै घोषणा गरिने निर्वाचन कार्यालय डोटीका सहायक निर्वाचन अधिकृत राईभान चुन्डेडाले जानकारी दिए। उनले ८ सिटमा तीन पार्टीवाट १० जनाको उम्मेदवारी परेको बताए।










