काठमाडौं– कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवालले प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेसले चुनाव हारेको प्रतिशोधस्वरुप आफुविरुद्ध अनुसन्धान गरेर फसाउन दाबी गरेका छन्। बुधबार अज्ञात स्थलबाट बिज्ञप्ती जारी गर्दै उनले आफु असुरक्षित रहेको समेत बताएका छन्।
अनुसन्धानमा प्रहरीलाई असहयोग गरेर फरार रहेका सिलवालले सरकार र प्रहरीलाई आरोप लगाउदै बिज्ञप्ती जारी गरेका हुन्। सिलवालले आफुले कीर्ते नगरेको दाबी गरेका छन्।
प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धि मुद्दामा सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङकनसम्बन्धि कागजपत्र कीर्ते भएको सर्वाेच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसलाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो। उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरीका प्रहरीलाई सर्कुलर गरिसकेको छ। नेपाल लाइभ बाट










