काठमाडौं । ललितपुर क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद एवं पूर्व डीआईजी नबराज सिलवालले विज्ञप्ति जारी गर्दै आफ्ना बारेमा विगत केही दिन यतादेखि प्रकाशित समाचारका विषय, न्यायालय, प्रधानमन्त्री, उनका विपक्षी र प्रहरीका बारेमा मुख खोलेका छन् । उनले ५ बुँदे विज्ञप्ति जारी गर्दै कीर्ते काण्डको छानविन हुनुपर्ने आफ्नै माग भएको र दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् । ५ बुँदे विज्ञप्तिमा सिलवालले के भने ? जस्ताको तस्तै विज्ञप्ति पढौं ।











