विष्णुप्रसाद पोखरेल
दमक/पूर्वबाट पश्चिम आउदै गरेको टाटा सुमोले अहिले भर्खरै बुधबार राती १० बजे कमल गाँउपालिकाको वडा नंं ५ पाडाजुंगीमा ठक्कर दिदा एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ । काृ १ छ ५४२८ नम्बरको टाटा सुमोले अन्दाजी ६५ बर्षिय बृद्धालाइ ठक्कर दिएको थियो ।
गम्भिर घाइते भएका बृद्धलाइए उपचारका लागि लाइफलाइन अस्पताल लैजान साथ मृत्यु भएको बताईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतका अनुसार चालक सहित टाटा सुमो प्रहरी नियण्त्रणमा रहेको छ ।
अहिलेसम्म मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । अहिलेसम्म मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । बृद्धको शव लाइफलाइन अस्पतालमा दमकमा रहेको छ ।










