सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै प्रदेश १ मा  राजेश्वरमान सिंह, प्रदेश ३ मा  रेश्मीराज पाण्डे,प्रदेश ४ मा   लक्ष्मण अर्याल, प्रदेश ६ मा   सुरेश प्रधान र प्रदेश ७ मा  लक्ष्मीराम पौडेललाई प्रमुख सचिवमा नियुक्त गरिएको छ |