सिलवाल सपथमा आउने बताउदै १६५ प्रहरी कुदाएर सरकारले तमसा गरेको बताए । भने, ‘सपथ लिन त आउलान् नि । देशलाई ठूलो नोक्सान पुराएर भागेको पनि होइन । किन १६५ प्रहरी कुदाएर तामासा गर्दैछ ?’

काठमण्डौ/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ललितपुरबाट निर्वाचित सांसद तथा किर्ते मुद्दा खेपीरहेका नेपाल प्रहरीका डिआइजी  नवराज सिलवाललाई सरकारले अनावश्यक दुःख दिएको बताएका छन् । जनताबाट छानिएको सांसदका पछाडि १६५ जना प्रहरी कुदाएको छ र आतंकित बनाउन काम गरेको भन्दै आपत्ती प्रकट गरे ।

विहिबार नेकपा एमाले मुख्यलय धूम्बारहीमा पत्रकार सम्मेलनमा गरेर सरकारले लिइरहेका नीति र कदमहरुका बारेमा पार्टी धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा भने, ‘जनताबाट छानिएको सांसदका पछाडि १६५ जना प्रहरी कुदाएको छ, आतंकित बनाउन उनको घर अगाडि कालो सिसा लगाएका प्राइभेट गाडीहरु राखिएका छन् । ठिक लगाउँछौं भनेर फोन गरेर धम्क्याइएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले नयाँ सरकारले नवराज सिलवालको किर्ते मुद्धा सम्बन्धि छानविन गरेर दोषीलाई कारबाही गर्ने बताए । सिलवाल सपथमा आउने बताउदै १६५ प्रहरी कुदाएर सरकारले तमसा गरेको बताए । भने, ‘सपथ लिन त आउलान् नि । देशलाई ठूलो नोक्सान पुराएर भागेको पनि होइन । किन १६५ प्रहरी कुदाएर तामासा गर्दैछ ?’

दीपक मनाङ्गेको सरोकार भएन

अध्यक्ष ओलीले सञ्चारकर्मीले गुण्डा नाइके दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष कैदको फैसला गरेकोबारे दीपक मनाङ्गे बारे एमालेलाई सरोकार नभएको प्रष्ट पारे । मनाङ्गे बारे अध्यक्ष ओलीलाई पत्रकारहरुले प्रश्न गरेपछि भने, ‘को रे? दीपक मनाङ्गे रे?’ उनले मनाङ्गे स्वतन्त्र सांसद भएकाले उनका बारेमा एमालेलाई कुनै सरोकार नभएको बताए । उनले भने, ‘दीपक मनाङ्गे स्वतन्त्र सांसद हो, अदालतमा बयान होला, अदालतको फैसला होला, उनको मुद्धा हाम्रो सरोकारको विषय होइन ।’

चुनावको मुखैमा एमाले प्रवेश गरेर स्वतन्त्र सांसद निर्वाचित मनाङ्गेलाई मनाङमा एमालेले उम्मेदवार नउठाएर सघाएको थियो। एमालेसम्बद्ध भएकाले उनलाई वाम गठबन्धनको आगामी सरकारले उन्मुक्ति दिने चर्चा चलेपछि ओलीले आज मुख खोलेका हुन्।