दमक जेसिजको पदास्थपनसंगै बोर्डले पनि पूर्णता पाएको छ । दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले जेसिजको आकर्षक पद महासचिबमा देबीप्रसा गुरागाइ गोपाल लाइ नियुक्त गरेकाछन् ।

यसैगरी कानूनी सल्लाहकारमा भिमराज चौलागाइ नियुक्ति भएकाछन् । दुबै जना अध्यक्षको दाबेदार रहेपनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका जेसिज सदस्यहरु हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोषाध्यक्षमा सिता कार्की, प्रकरण निर्देशकमा संजिव वराल, सचिवमाअनिस उप्रेतीलाइ खत्रीले नियुक्त गरेकाछन् । यो संगै जेसिजले पूर्णता पाएको छ ।

यसभन्दा अगाडि नै अध्यक्षमा चन्द्र क्षेत्री, कार्यकारी उपाध्यक्षमा कमल कट्वाल र मुकेश अग्रवाल निर्वाचित भइसकेका थिए । यसैगरी उपाध्यक्षहरुमा रमेश लुइटेल, राजकुमार अग्रवाल, गंगादेवी ढकाल र बिनोद मिश्र निर्र्वाचित भएका थिए । तालिम संयोजक संदिप न्यौपाने र जन सम्पर्क अधिकारीमा निरज आचार्य लाई पदस्थापना तथा सपथग्रहण गराइएको थियो ।