दमक/शेयर लगानीमा सर्वसाधरणहरु समेत आकर्षित भइरहेकाबेला झापाको दमकमा पनि एउटा कक्पनीले संस्थागत रुपमा काम शुरुवात गरेको छ । सुमेरु सेक्यूरिटीज् प्रा.लि.ले झापामा आफ्नो दोश्रो शाखा दमकको जेसिज चोक नजिक थाना रोडमा शाखा कार्यालय शुरु गरेको हो ।
शेयर बजार सम्बन्धि नागरिक सचेतना र शेयर कारोबारीहरुलाइ सहयोग पुर्याउने उदेश्यले शाखा कार्यालय सञ्चालन गरिएको यस संस्थाका प्रमुख प्रेमकुमार अग्रवालले बताएकाछन् ।
झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवाले सेमेरुको शाखा कार्यालय उद्घाटन गरेकाहुन् । शुक्रबार एक कार्यक्रबीच शाखा कार्यालय उद्घाटन गर्दै शेयर लगानी सम्मुनत भबिष्यको आयाम भएको जनाए ।
नेपाल स्टक एक्सचेन्ज लि.का सिइओ चन्द्रसिंह साउद, सिडिएस एण्ड क्लिरिंग लि.का सिइओ देबप्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।










