पोखरा– एमाले अध्यक्ष केपी शर्मा ओलीले शेर बहादुर देउवा सरकारका निर्णयहरुको शुक्रबार पनि आलोचना गरेका छन्। बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कामचलाउ सरकारले महत्वपूर्ण निर्णय गरेर आर्थिक अराजकता मच्चाएको आरोप लगाएका उनले शुक्रबार पोखरामा पुगेर पनि सरकारका निर्णयको आलोचना गरेका छन्।

  वामगठबन्धन मन नपरेपनि जनमतको कदर गर्न ओलीले  सझुाव दिदै लोकतन्त्रको आधार भनेकै जनताको अभिमत रहेकोले त्यसलाई सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

  काम चलाउ सरकारले सामान्य काम गर्नुपर्नेमा दुरगामी असर पार्ने काम गरेको भन्दै रोष प्रकट गरेका छन्। प्रहरी र निजामती भद्रगोल सिर्जना गरेको ओलीको आरोप छ। आफूले ‘गाई–त्रिशुल’ खेलेर नभइ ‘जेल–नेल’ खाएर यहाँसम्म आएको ओलीको भनाई छ। पञ्चायतकालदेखि नै आफुहरुले संघर्ष गरेर नेता भएको उनको भनाई छ।

  सामुदायिक रेडियो प्रसारक संघ नेपालको १३औँ वार्षिक साधारणसभाको उद्घाटनमा ओलीले संविधान संशोधनमा समेत आफु तयार रहेका बताएका छन्।  एमालेले संविधान संशोधनको विरोध नगरेको भन्दै विगतमा ल्याएका विषय गलत पुष्टि भइसकेको उनले बताए।  मधेसको विकास कसैले रोक्न नसक्ने र त्यसको जिम्मा आफूले लिने ओलीको भनाइ छ।

ओलीले संविधान संशोधन गर्न मधेसी दलहरुनै नमान्ने जिकिर गरे । उनले संविधान संशोधन भए मधेसी दलको मुद्धा सकिने भएकाले उनीहरु संशोधनको पक्षमा नरहेको आरोप लगाए । नेपाल लाइभ बाट