काठमाडाैं, १३ माघ- एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् ।

पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए , अन्नपूर्ण पोस्टमा खबर छ ।