दमक.झापाको सताक्षीधाम जेसिजको एक बर्षको नेतृत्वका लागि स्थानीय सामाजिक युवा महेन्द्र भट्टराइ सर्वसम्मत निर्वाचित भएकाछन् । २०१८ लागि अध्यक्ष पदमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएको बताईएको छ ।
कार्यकारी उपाध्यक्ष कुमारसिं साँवा र लोकेस खनाल निर्वाचित भएकाछन । उपाध्यक्षहरुमा अग्नीप्रसाद खरेल, विपिन चेम्जोङ, शमसेर चौधरी र रोहिता भट्टराई निर्वाचित भएको जनाईएको छ।
स्थानीय क्षेत्रमा लोकप्रीय युवा भट्टराइले जेसिजका सदस्यहरुको व्याक्तित्व तथा नेतृत्व बिकाससंगै स्थानीय क्षेत्रमा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्ने बताए ।










