पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाको पालुङटारस्थित भवानी माध्यमिक विद्यालयमा निर्माण भइरहेको विद्यालय भवनको निरीक्षण गरेकी छन् ।

जापानस्थित जोडो सु बुद्धिष्ट अर्गनाइजेसनको आर्थिक सहयोगमा हिमानी ट्रष्टले निर्माण गरिरहेको ८ कोठे भवनको छड्के अनुगमनका लागि शाह शनिबार पालुङटार पुगेकी हुन् । सो विद्यालयको भवन निर्माणकार्य ७५ प्रतिशत पूरा भइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिमानी ट्रष्टले भवानी माध्यमिक विद्यालयमा दुईओटा भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।

एउटा भवन निर्माण सकेर हस्तान्तरण गरेपछि अर्को भवन शिलान्यास गरिने ट्रष्टले जनाएको छ ।

निरीक्षणकाक्रममा पूर्वयुवराज्ञी शाहले भवानी यहाँ देशकै नमुना विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताइन् ।

ट्रष्टको सहयोगमा विद्यालयमा ८/८ कोठे दुईओटा भवन निर्माण हुनेछ ।

शाहले भवन गुणस्तरीय बनेको छ/छैन भन्नेबारेमा छड्के अनुगमन गरेको ट्रष्टकी सदस्यसचिव श्री मल्लले जानकारी दिइन् ।