काठमाडौं ः डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा मगर ‘टीके’माथि प्रहरीले गोली हानेको छ । शनिबार चितवनमा पक्राउ गर्ने क्रममा क्रममा प्रहरीले गोली चलाएको हो । केही समयअघि प्रहरीले गोली लागेर उनको मृत्यु भएको जानकारी दिएको भए पनि अहिले घाइतेमात्र भएको बताएको छ ।
पक्राउ गर्न खोज्दा थापाले गोली हानेपछि प्रहरीको जवाफी फायरिङमा उनको मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
कमजोर भौतिक संरचना भएको कारागारको तार काटेर भागेका थापा बिहीबारदेखि फरार थिए। चोरी मुद्दामा जेल परेका थापा बिहीबार राति जेलबाट भागेका हुन्।
प्रहरीका अनुसार गोली लागेका मगर घाइते छन् । उनीसँगै भाग्ने प्रयास गरेका अर्का कैदी भूपाल थापा भने पक्राउ परेका थिए। सच्याइएको। अन्नपूर्ण पोस्ट बाट










